काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को साधारणसभा मंसिर ११ र १२ गते काठमाण्डौमा हुने भएको छ । 

आज बसेको कार्यकारी समितिको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई सदर गर्दै मंसिर ११ र १२ गते साधारणसभा गर्ने निर्णय गरेको हो । 

महासंघका अध्यक्ष भवानी राणाले यसअघि पदाधिकारी बैठकले गरेको सिफारिस तथा चुनावको मोडालिटीलाई नै अनुमोदन गरेको बताइन् । उनका अनुसार महासंघको साधारणसभा भर्चुअल माध्यमबाट हुनेछ । यस्तै, निर्वाचन प्रक्रिया भने प्रत्यक्ष रुपमा हुनेछ । एकपटकमा २५ जनाभन्दा बढी भेला नभई र स्वास्थ्य मन्त्रालयले तोकेको प्रोटोकलको पालना गरी निर्वाचन गर्न सकिने भन्दै सरकारले अनुमति दिइसकेको छ। यही मोडल अनुसार निर्वाचनको कार्यक्रम गरिने राणाले जानकारी दिइन् । 

महासंघको साधारणसभा र चुनाव चैतमा हुनुपर्ने थियो, तर कोभिडका कारण सरेको थियो ।