काठमाण्डौ । काठमाडौ जिल्लाको कागेश्वरी नगरपालिकाको मूलपानीमा कृषि विकास बैंक लिमिटेडको पूर्ण आधुनिक बैंकिङसहित नयाँ शाखा बिहीबार सञ्चालनमा आएको छ। 

कोभिड–१९ कारणले औपचारिक रुपमा उद्घाटन हुन नसके पनि स्वास्थ्य मापदण्ड र न्यूनतम सावधानी अपनाउँदै शाखाको शुभारम्भ गरिएको थियो। 

शुभारम्भ कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, काठमाडौ जिल्ला क्षेत्र नं. २ का प्रदेश सांसद मणीराम फुयाल, कागेश्वरी नगरपालिकाका मेयर कृष्णहरि थापालगायतको उपस्थिति थियो।