काठमाण्डौ । काठमाण्डौबाट श्रम स्वीकृति दिने काम आज सोमबारबाट पुनः सुरु हुने भएको छ।
काठमाण्डौको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय आजबाट खुल्ने भएसँगै श्रम स्वीकृतिको काम पुनः सुरु हुने भएको हा। कार्यरत एक कर्मचारीमा कारोना पुष्टि भएसँगै गत बुधबारबाट श्रम स्वीकृतिसँगै सबै काम बन्द भएको थियो। कार्यालय भने खुलै थियो।
यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञा अवधिभर कार्यालय भएका कारण श्रम स्वीकृति पनि रोकिएको थियो। निषेधाज्ञा खुलेसँगै कार्यालयबाट श्रम स्वीकृतिको काम पनि सुरु भएको थियो।
आजबाट पुनः कार्यालय खोली सावधानीपूर्वक स्वास्थ्य मापदण्ड अपनाएर सीमित सेवा प्रदान गरिने वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका अनुसार प्रवेशाज्ञा अवधि सकिन लागेका र तत्काल गन्तव्य मुलुकमा पुगन नसकी रोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीलाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19