काठमाण्डौ । माछापुच्छ्रे बैंक र नेपाल ल्युब आयल लिमिटेडद्वारा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव लाभांश लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम मौका रहेको छ। 

लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ माछापुच्छ्रे बैंक र नेपाल ल्युब आयल भोलि बिहीबार (असोज २२ गते) बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज (असोज २१ गते) सम्म कायम सेयरधनीहरुमात्र यी दुवै कम्पनीको लाभांश प्राप्ति र साधारणसभामा भाग लिन योग्य हुनेछन्। 

माछापुच्छ्रे बैंकले चुक्तापुँजी ७.०३ प्रतिशतबराबरको बोनस सेयर र ३.७३ प्रतिशत नगद लाभांश (लाभांश करसहित) प्रस्ताव गरेको छ। जुन आउँदो कात्तिक ६ गते पोखराको पार्दीस्थित होटेल पोखरा ग्रान्डमा हुने बैंकको २२ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ। 

यसैगरी नेपाल ल्युब आयले १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको आउँदो कात्तिक ५ गते कम्पनीको ललितपुरको झम्सीखेलस्थित कार्यालयमा हुने २९ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ।