web picture
काठमाण्डौ । यो साताभरि नेप्से परिसूचकमा खासै उत्साह र रौनक आउन सकेन, न त कारोबार रकममा । आज अन्तिम समयमा बैंक र बीमा अलिअलि सलबलाएका कारण परिसूचकमा दोहोरो अंकको बढोत्तरी आएको छ ।
बजार आखिरीमा किन सुस्तायो र परिसूचकमा उमङ्ग किन आउन नसकेको होला ? धेरै लगानीकर्ताहरुमा जिज्ञासा देखिएको छ । बजार किन यसरी सुस्ताइरहेको हो त ? हामीले केही विश्लेषकहरुलाई सोधेका छौं ।
सेयर बजार प्राविधिक विश्लेषक बिष्णु बस्यालले बैकिङ सेक्टर नचलेका कारण बजार सुस्त रहेको विश्लेषण गरे । सेक्टरवाइज बजार चलिरहेको र हाल बैंक र बीमा समूहमा सुस्तता भएकाले समेत समग्र बजार सूचकमा प्रभाव नपरेको उनको तर्क छ । हाइड्रोपावर समूहमा उछाल आएतापनि त्यसले बजार पूँजीकरणमा कुनै तात्विक असर नपार्ने र हाइड्रो एक्लैको इण्डेक्सले नेप्से परिसूचकमा प्रभाव नपरिरहेको बस्यालको जिकिर छ ।
युवा लगानीकर्ता कमल पन्थी पनि बैंक सेक्टर नचलेकै कारणसमेत परिसूचक सुस्त भएको तर्क गर्दछन् । हाइड्रोको उछालले केही नहुने, सूचकमा मुख्यतया बैंककै हिस्सा भएकाले समेत बजार सुस्त मूडमा गएको उनले टिप्पणी गरे। हाल हाइड्रोमा लगानीकर्ताको सेन्टिमेन्ट मात्र भएकाले सूचकमा प्रभाव नपरेको उनको भनाइ छ ।
बैंक नै नचलेका कारण बजार सुस्त भएको प्राविधिक जानकार सूकराम पाण्डे पनि बताउँछन् । इण्डेक्समा हलचल नआउनु र बजार सुस्त हुुनुको मुख्य कारण नै हाइड्रो मात्र चल्नु रहेको उनको तर्क छ । अब बिस्तारै बैंक र बीमा पनि सलबलाउन थाल्ने र बजार विस्तारै बढ्ने र उत्साहपूर्ण हुने पाण्डेको दाबीसमेत छ । बैंकमा मुभमेन्ट आउन थालेपछि सूचकमा उमङ्ग आउने उनले जिकिर गरे ।
नजिकिँदै गरेको चाडपर्व(दशैंतिहार) र बैंक तथा बीमा समूह नचलेका कारण बजार सुस्त भएको बजार जानकार केशव कोइरालाको विश्लेषण छ ।
हाल खेलाडीहरु हाइड्रोमा रमाइरहेका कारणले गर्दा हाइड्रोको सूचकले मुख्य नेप्से परिसूचकमा प्रभाव नपरिरहेको उनले बताए । ठूला लगानीकर्ताहरुले अब हाइड्रो बेची प्रफिट बूक गर्न थालेको र अब अर्को सेक्टरमा सिफ्ट हुने तयारीमा रहेको उनको दाबी छ । ठूला लगानीकर्ताहरुले अब पहिलो त्रैमासको रिपोर्ट हेरेपछि मात्र बजारमा प्रवेश गर्ने भएकाले हाल हाइड्रोमा साना लगानीकर्ताहरुको सक्रियता बढिरहेको उनले जिकिर गरे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago