काठमाण्डौ । गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबार माछापुच्छ्रे बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।
गत आर्थिक वर्षका लागि प्रस्तावित ७.०३ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन भएको हो। समायोजित मूल्यअनुसार बैंकको प्रतिकित्ता सेयर २३१.७१ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार बन्द हुँदा यो बैंकको प्रतिकित्ता २४८ रुपैयाँ रहेको छ।
माछापुच्छ्रे बैंकले चुक्तापुँजी ७.०३ प्रतिशतबराबरको बोनस सेयर र ३.७३ प्रतिशत नगद लाभांश (लाभांश करसहित) प्रस्ताव गरेको छ। जुन आउँदो कात्तिक ६ गते पोखराको पार्दीस्थित होटेल पोखरा ग्रान्डमा हुने बैंकको २२ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभाका लागि बैंकले आज (असोज २२ गते) बुक क्लोज गरेको छ। यसको अर्थ हिजो (असोज २१ गते) सम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र साधारणसभामा भाग लिन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago