काठमाण्डौ । पछिल्लो समय काठमाण्डौको आकर्षक पर्यटकीय गन्तव्य विकास गरेको चन्द्रागिरी हिल्स लिमीटेडले आइपीओ निश्कासनको स्वीकृति पाएको छ । 

धितोपत्र बोर्डले यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणलाई गरी १८ लाख ४० हजार ९१० कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्न अनुमति दिएको हो । 

कुल १ अर्ब ५३ करोड चुक्तापुँजी रहेको यो कम्पनीले १२ प्रतिशत सेयर आयोजना प्रभावित र सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले नै आइपीओ निश्कासन गर्ने अनुमति पाएको छ । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमीटेडले गर्नेछ । 

धितोपत्र बोर्डबाट स्वीकृति आइसकेकोले अब निकट भविष्यमै आइपीओ निश्कासनको मिति सार्वजनिक हुने कम्पनीका एक संचालकले जानकारी दिए ।