 
                     
                                
                             
                                    काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरणमा मंसिर १७ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८१९ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। यसमा आयोजना प्रभावि काठमाण्डौ जिल्लाअन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३, ४, ६ र ७ (साविक थानकोट गाविसकस सम्पूर्ण वडाहरु तथा साविक महादेवस्थान गाविसका वडा नं. ३, ४, ५, ६, ७ र ८ मात्र) एवं मकवानपुर जिल्ला अन्तर्गत थाहा नगरपालिका वडा नं. ९ र १० (साविक चित्लाङ गाविसका सम्पूर्ण वडाहरु) र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्नेहरुले खरिद आवेदन दिन पाउने छन्।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन पाउने छन्।
पहिलो चरणको यो आईपीओको निष्कासन बन्द छिटोमा पुस १ गते र ढिलोमा पुस १६ गते हुनेछ।
पहिलो चरणको यो आईपीओमा काठमाण्डौ थानकोटस्थित चन्द्रगिरी हिल्सको कार्यालय, मकवानपुुर वज्रबराहीस्थित सेन्चुरी कमर्सियल बैंक, मकवानपुर इन्द्रसरोबरस्थित बैंक अफ काठमाण्डू, काठमाण्डौ थानकोट र इमाखेलस्थित ग्लोबल आईएमई बैंक र नेपाल धितोपत्र बोर्डबाट निर्देशनबमोजिम आयोजना प्रभावित क्षेत्रका स्थानीयले ऐच्छिक रुपमा आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। पहिलो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावितका लागि निष्कासन गर्न लागेको हो।
अब कम्पनी दोस्रो चरणमा बाँकी १० प्रतिशतले हुन आउने १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
दुवै चरणको धितोपत्र निष्कासनपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ५३ करोड बढी हुनेछ। जसमा ८८ प्रतिशत सेयर स्वामित्व संस्थापक समूहको हुनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19