काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा शेखर गोल्छा समूहका सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । 

कोषाध्यक्षमा शेखर गोल्छाले आफूखुशी गर्न खोजेपछि वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल समूहका कार्यकारिणी सदस्यले विरोध जनाएका थिए । 

त्यसपछि गोल्छाले कोषाध्यक्षका लागि निर्वाचन नै गर्नुपरेको थियो । कोषाध्यक्षका लागि हिराचन र ढकाल समूहबाट डीबी बस्नेतले उम्मेद्वारी दिएका थिए । 

कार्यकारिणी समितिमा बहुमत सदस्य गोल्छा निकटका रहेकाले हिराचनल ९ मतले डीबी बस्नेतलाई हराएका हुन् । 

निर्वाचन भएसँगै हिराचनले सोमबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् । 

हिराचन कोषाध्यक्ष भएसँगै महासंघका ७ पदाधिकारीमध्ये ५ पदाधिकारी गोल्छा समूहका भएका छन् भने २ पदाधिकारी ढकाल समूहका रहेका छन् । कार्यकारिणी समितिमा पनि गोल्छाकै बहुमत छ।