 
                     
                                
                             
                                    काठमाण्डौ। नेपाल आयल निगमले झापा–सिलिगुरी पेट्रोलियम पाइपलाइन परियोजना निर्माण प्रक्रिया सुरु गरेको छ।
नेपाल सरकारको गत आर्थिक वर्षको नीति तथा निगमको कार्यक्रमले निर्दिष्ट गरेबमोजिम यो परियोजनाको काम सुरु गरिएको निगमले जनाएको छ। यो परियोजना प्रदेश नं. १ को मागलाई पूर्ति गर्न ९० दिनको भण्डारण क्षमताको हुनेछ।
यसअन्तर्गत नेपाल आयल निगमको झापामा रहेको जग्गामा ४० हजार किलोलिटर क्षमताको भण्डारण र सिलिगुरीबाट झापा पाइपलाइन जोड्ने परियोजनाको खाका तयार भइसकेको निगमले जनाएको छ। यसका लागि पाइपलाइन सर्भेको काम निगम र इन्डियन आय कर्पोरेसनबाट संयुक्त रुपमा भइसकेको छ। संयुक्त सर्भे टोलीले पहिचान गरेका रुटमध्ये उपयुक्त रुटको यकिन गर्ने काम पनि निगमको प्राविधिक टोलीले गरिसकेको छ।
यसैगरी करिब ४ हजार मेट्रिकटनको एलपी ग्यास भण्डारण तथा एलपी ग्यास बोटलिङ प्लान्ट निर्माण गर्न अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त भइसकेको निगमले जनाएको छ। उक्त परामर्शदाताले काम पनि सुरु गरिसकेको बताइएको छ।
यस्तै हाल भद्रपुर विमानस्थलमा निगमले प्रदान गरिरहेको रिफ्युलिङ सेवामा थप प्रभावकारिता ल्याउन साना एभियसन परियोजनाअन्तर्गत अत्याधुनिक प्रविधियुक्त ३० हजार लिटर क्षमताको दुईवटा भण्डारण ट्यांक बनाई रिफ्युलिङ कार्यलाई थप व्यवस्थित गर्ने काम पनि सुरु भइसकेको निगमले जनाएको छ।
यी सबै परियोजनाको हिजो बिहीबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सदस्यहरु भीमसेनदास प्रधान, मायादेवी न्यौपाने र अमृतादेवी अग्रहरीले स्थलगत निरीक्षण गरेका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19