काठमाण्डौ । सेयर बजारमा अप्रत्यासित गिरावट आएको दिन आइतबार लगानीकर्ताले १ खर्ब ६६ अर्ब ६८ करोड बढी सम्पत्ति गुमाएका छन् । 

नेपालको सेयर बजारको इतिहासमा एकैदिन लगानीकर्ताले यति धेरै सम्पत्ति गुमाएको पहिलोपटक हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेको बजार पूँजीकरण २५ खर्ब ८९ अर्ब ७४ करोडमा सीमित बन्न पुगेको छ । 

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार नेप्सेको कुल बजार पूँजीकरण २७ खर्ब ५५ अर्ब ६ करोड रहेको थयो । 

बजार बढ्दै जाँदा पछिल्लो समय पूँजीकरणमा नयाँ नयाँ कीर्तिमान कायम हुँदै गएको थियो । एक महिनाका अवधिमा बजार पूँजीकरण २० प्रतिशतभन्दा बढीले बढिसकेको अवस्थामा आइतबारको बजारका अप्रत्यासित गिरावटले वृद्धिको यात्रामा ब्रेक लागी धेरै सम्पत्ति गुमाएको नयाँ रेकर्ड बनेको हो ।