 
                     
                                
                             
                                    काठमाण्डौ । चिन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिन आज बुधबार अन्तिम दिन रहेको छ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज बैंकिङ समयसम्म यो आईपीओमा आवेदन दिन सकिनेछ।
चन्द्रागिरी हिल्सले गत मंसिर १७ गतेबाट प्रभावित क्षेत्रका स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८९१ कित्ता आईपीओ निष्कासन गरेको छ।
यसमा आयोजना प्रभावित काठमाण्डौ जिल्लाअन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३, ४, ६ र ७ (साविक थानकोट गाविसकस सम्पूर्ण वडाहरु तथा साविक महादेवस्थान गाविसका वडा नं. ३, ४, ५, ६, ७ र ८ मात्र) एवं मकवानपुर जिल्ला अन्तर्गत थाहा नगरपालिका वडा नं. ९ र १० (साविक चित्लाङ गाविसका सम्पूर्ण वडाहरु) र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्नेहरुले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
मंगलबार साँझसम्म १३ करोड १५ लाख ६६ हजारभन्दा बढी रुपैयाँ बराबरको आवेदन परेको छ । १३ लाख १५ हजार ६६५ कित्ता सेयरको माग गर्दै आवेदन परेको हो । जसमा आस्बा सेवाबाट १० लाख ४१ हजार ७७० कित्ता र संकलन केन्द्रहरुबाट २ लाख ७३ हजार ८९५ कित्ताका लागि आवेदन परेको क्यापिटलले जनाएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। पहिलो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावितका लागि निष्कासन गरेको हो।
कम्पनीले दोस्रो चरणमा बाँकी १० प्रतिशतले हुन आउने १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
दुवै चरणको धितोपत्र निष्कासनपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ५३ करोड बढी हुनेछ। जसमा ८८ प्रतिशत सेयर स्वामित्व संस्थापक समूहको हुनेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19