काठमाण्डौ । क्षमायाचनापछि बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको धितोपत्र दोस्रो बजारमा स्थगित गरिएको सेयर कारोबार आइतबार खुल्ने भएको छ।
मूल्यलाई प्रभाव पार्ने गरी बजार खुलिसकेपछि लाभांश प्रस्ताव गरेको जानकारी पठाएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत मंसिर ३० गतेदेखि बरुण हाइड्रोपावरको सेयर कारोबार रोक्का गरेको थियो। कोरोबार रोक्का गरिनुका साथै नेप्सेले तीन दिनभित्र चित्तबुझ्दो जबाफ पठाउन भन्दै बरुण हाइड्रोपावरलाई गत मंसिर २९ गते पत्र पठाएको थियो।
पत्रको प्रतिउत्तरमा बरुण हाइड्रोपावरले सो सम्बन्धमा कानुनी रुपमा थाहा नभएको र अबोप्रान्त त्यस्ता कमीकमजोरी नगर्ने र नगराउने प्रतिबद्धता जनाउँदो क्षमायाचना गरेपछि हिजो बिहीबारको निर्णयबमोजिम सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ। गत मंसिर २९ गते धितोपत्र कारोबार खुलिसकेपछि बरुण हाइड्रोपावरले लाभांश प्रस्तावबारे जानकारी पठाएको थियो।
वरुण हाइड्रोपावरले गत आर्थिक वर्षका लागि सेयधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत हुन आउने नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) गरी कुल ५.२६३ प्रतिशत वितरण गर्ने निर्णय गरेको थियो। योसँगै बैठकले कम्पनीको १७ औँ वार्षिक साधारणसभा आउँदो पुस २६ गते गर्ने निर्णय पनि गरेको थियो। सोही वार्षिक साधारणसभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको थियो।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago