काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

संसद् विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिबीच प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे देशव्यासीका नाममा सम्बोधन गर्न लागेको हो। सम्बोधन नेपाल टेलिभिजन र रेडियोमार्फत दिउँसो ३ बजे प्रसारण हुने उनको सचिवालयले जनाएको छ। 

हिजो प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेकी छन्।