काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको सेयरमूल्य बिहीबार समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्जले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७ प्रतिशत बोनस सेयरका लािग स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मूल्य समायोजन गर्दै यो बैंकका प्रतिकित्ता सेयर ६१२ रुपैयाँ कायम गरेको छ।
यसअघि यो बैंकको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ६५५ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो बैंकको सेयर कारोबारमा आउनेछ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट कुल ११.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ७ प्रतिशतले हुने बोनस सेयर र बाँकी ४.८४ प्रतिशत नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश यही पुस २४ बैंकले डाकेको आफ्नो ३४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले आज पुस ९ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो पुस ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19