काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड आज बुधबार दिउँसो हुने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा दिउँसो ३ बजे आईपीओ बाँडफाँड हुनेछ। चन्द्रागिरी हिल्सले गत मंसिर १७ गतेबाट पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८९१ कित्ता आईपीओ निष्कासन गरेको थियो। यसमा आयोजना प्रभावित काठमाण्डौ जिल्लाअन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं। ३, ४, ६ र ७ ९साविक थानकोट गाविसकस सम्पूर्ण वडाहरु तथा साविक महादेवस्थान गाविसका वडा नं। ३, ४, ५, ६, ७ र ८ मात्र० एवं मकवानपुर जिल्ला अन्तर्गत थाहा नगरपालिका वडा नं। ९ र १० ९साविक चित्लाङ गाविसका सम्पूर्ण वडाहरु० र इन्द्रसरोबर गाउँपालिका वडा नं। ५ ९साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु० मा स्थायी बसोबास गर्नेहरुले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। पहिलो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावितका लागि निष्कासन गरेको हो।
कम्पनीले दोस्रो चरणमा बाँकी १० प्रतिशतले हुन आउने १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
दुवै चरणको धितोपत्र निष्कासनपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ५३ करोड बढी हुनेछ। जसमा ८८ प्रतिशत सेयर स्वामित्व संस्थापक समूहको हुनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago