काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले फाइजर र बायोएनटेकको कोरोनाविरुद्धको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि मन्जुरी दिएको छ। यसका साथै अब विश्वभर फाइजरको भ्याक्सिन प्रयोगका लागि बाटो खुलेको छ।

डब्ल्यूएचओले आफ्नो क्षेत्रीय कार्यालयका माध्यमबाट सम्बन्धित देशहरुमा यो भ्याक्सिनको लाभ र उपलब्धबारे जानकारी गराउने पनि जनाएको छ।

डब्ल्यूएचओले विस्तृत जाँच र परीक्षणपछि फाइजरको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो। 

डब्ल्यूएचओले इमरजेन्सी युज लिस्टिङ प्रक्रियामा तीव्रता दिएको छ। यस प्रक्रियाले गरिब देशहरुमा छिटोभन्दा छिटो भ्याक्सिनको पुर्याउन सकिने डब्ल्यूएचओले जनाएको छ। किनकि लिस्टमा समावेश भएपछि कोरोना भ्याक्सिन विश्वभरका देशहरुले सजिलै आपतकालीन प्रयोगको अनुमति पाउनेछन्। – एजेन्सी