काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले निष्कासन गरेको दोस्रो चरणको आईपीओमा आवेदन दिन आज मंगलबार (पुस २८ गते) अन्तिम दिन रहेको छ।
चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि दोस्रो चरणको आईपीओ निष्कासन गरेको हो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।
यो आईपीओमा सोमबारसम्म मागभन्दा १५ गुणा बढी आवेदन परिसकेको छ। क्यापिटलका अनुसार सोमबार अपरान्ह ५ बजेसम्म सम्ममा चन्द्रागिरीको आइपीओमा १० लाख ६७ हजार ८९३ आवेदकले आवेदन दिएका छन् । उनीहरुले २ करोड १० लाख ५२ हजार ३२० कित्ता खरीदका लागि आवेदन दिएका छन् । चन्द्रागिरी हिल्सले गत शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको हो। कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १३ हजार ९६० कित्ताका लागि आवेदन दिन पाउनेछन्। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा पुस २८ गते र ढिलामा माघ ९ गते बैंकिङ समयपछि हुनेछ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। दोस्रो चरणमा भने कम्पनीले चुक्तापुँजीको १० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गरेको हो ।
पहिलो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावितका लागि निष्कासन तथा बाँडफाँड भइसकेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago