काठमाण्डौ । कारोबार समयमा बजार प्रभावित पार्ने गरी सूचना सम्प्रेण गरेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र कारोबार रोक्का गरेको छ। नेप्सेले सिभिल लघुवित्तको कारोबार रोक्का गर्नुका साथै स्पष्टीकरण पनि सोधेको छ।
नेप्सेका अनुसार सिभिल लघुवित्तले कारोबार चलिरहेकै बेला बिहान ११ बजेर ५० मिनेटमा गत आर्थिक वर्षका प्रस्तावित गरिएको लाभांशका बारेमा इमेलमार्फत सूचना पठाएको थियो। जुन धितोपत्र सूचीकरण विनियावलीमा भएको व्यवस्थाअनुकूल नभएको र यसले बजार प्रभावित पारेको नेप्सेले ठहर गरेको छ।
विनियममा भएको व्यवस्थाअनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सूचीकृत संगठित संस्थाको वेबसाइटमार्फत समेत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। तर सिभिल लघुवित्तले यो नियमको पालना नगरेको र यसो गर्नुको कारणबारे नेप्से पठाएको पत्र प्राप्त भएको ३ कार्यदिनभित्र स्पष्टीकरण पठाउन पनि नेप्सेले निर्देशन दिएको छ।
सिभिल लघुवित्तले आफ्ना सेयरधनीहरु गत आर्थिक वर्षको मुनाफाबाट ३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१८४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयन गरिने संस्थाले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago