 
                     
                                
                             
                                    काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड यही साता हुने भएको छ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडका सीइओ पारसमणि ढकालका अनुसार यही साताभित्रै चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँड गर्ने तयारी भइरहेको छ। ‘सम्भवतः भोलि मंगलबार प्रिअलटमेन्ट हुनेछ’, ढकालले बिजशालासँग भने, ‘यही साताभित्रै बाँडफाँड गर्ने प्रयासमा काम गरिरहेका छौँ।’
चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो। कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।
आईपीओमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा १७।५३ गुणाले बढी हो ।
 
यस आधारमा १ लाख ३९ हजार ६०२ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ। बाँकी ११ लाख ११ हजारभन्दा धेरैको हात भने खालि हुने देखिएकोछ। 
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19