काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समितिका सदस्य रञ्जितराज आचार्यको सभापतित्वमा गठित स्टार्ट अप एन्ड इनोभेसन समितिले पूर्णता पाएको छ। जसअनुसार समितिको सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य र सदस्यहरूमा प्रकाशदेव पालिखे, निरज खनाल, दिपेन्द्र चौलागाईं, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार रहेका छन्।
समितिको आमन्त्रित सदस्यमा तेन्जिङ सोनर गोम्सर र कविराज जोशी रहेका छन्। समितिको सल्लाहकारमा भने महासंघका पूर्वकार्यकारिणी समिति सदस्यद्वय ओम राजभण्डारी र शौरभ ज्योति तथा अनिल चित्रकार रहेका छन्।
महासंघको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा चुनिएका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गरेका छन्। अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसाय नै भएकोले यो क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ र कामका लागि वाहिरने युवाशक्तिलाई पर्याप्त रोजगारी सिर्जना गरी मुलुकभित्रै राख्न सकिन्छ भन्नेतर्फ महासंघको विशेष जोड रहेको स्पष्ट पारे।
युवा जनशक्तिको बाहुल्यता रहेको, जैविक विविधताले भरिपूर्ण र दुई विशाल अर्थतन्त्र भएका छिमेकी देशको बीचमा हाम्रो अवस्थिति नै देशको समृद्धिको बलियो आधार भएकाले यहाँ रहेका अथाह सम्भाव्यताबाट वास्तविक रूपमै फाइदा उठाउनुपर्नेमा गोल्छाले जोड दिए। यसका लागि स्टार्ट अपमा आफूलाई स्थापित गरेका सफल उद्यमीहरूको सहयोग र सहकार्य महासंघले खोजेको उनले प्रस्ट पारे।
महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले कोभिडका कारण अर्थतन्त्रमा निकै धेरै चुनौतीहरू थपिएकाले मुलुकभित्र रोजगारी सिर्जना, कामका लागि बाहिरनुपर्ने बाध्यताको अन्त्य, पढे–लेखेको युवावर्गलाई स्वदेशमै आकर्षित गर्नेतर्फ सबैको जोड हुनुपर्ने बताए। उनले महासंघले आफ्ना सबै समिति फोरमको परिचालनमार्फत मुलुकभित्र उद्योग यवसायको विस्तार तथा रोजगारी सिर्जनामा कार्य गर्ने बताए।
समितिका सभापति आचार्यको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले गरेका निर्णयहरु यस्ता छन्–
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19