काठमाण्डौ। चन्द्रागिरी हिल्स लिमिटेडले सेयर रजिस्टारसम्बन्धी कार्य गर्नका लागि ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ।
उक्त कार्यका लागि आज बिहीबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा चन्द्रागिरी हिल्स र ग्लोबल आईएमई क्यापिटलबीच सेयर रजिष्टारसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा चन्द्रागिरी हिल्सका तर्फबाट वित्त प्रमुख विष्णु गौतम र क्यापिटलका तर्फबाट सीईओ पारसमणि ढकालले हस्ताक्षर गरेका छन्।
स्थानीय बासिन्दा र सर्वसाधारणमा सेयर जारी गरेको चन्द्रागिरी हिल्सले सेयर आवेदन गर्ने सबैलाई १ वर्षसम्म केबुलकारको टिकट यात्रामा २५ प्रतिशत छुट दिएको छ।
चन्द्रागिरी हिल्सको अधिकृत पूँजी २ अर्ब रुपैयाँ रहेको छ भने चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रहेको छ।
गत शुक्रबार सर्वसाधारणलाई जारी गरेको आइपीओ बाँडफाँड भए पनि चन्द्रागिरी हिल्सले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरणका लागि हालसम्म कागजातको प्रक्रिया सुरु गरेको छैन। एक सञ्चालकका अनुसार आगामी साता नेप्सेसँग सूचीकरण सम्झौता गर्ने तयारी भइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19