काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको सेयर आगामी आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुने भएको छ।
आज शुक्रबार नेपाल स्टक एक्सचेन्जस्थित कार्यालयमा चन्द्रागिरी हिल्सले सेयर सूचीकरण नेप्सेसँग सम्झौता गरेको हो ।
नेप्सेले यो कम्पनीलाई सीजीएच कोड प्रदान गरेको छ । नेप्सेले चन्द्रागिरी हिल्सलाई अन्य(अदर्स) सेक्टरमा समावेश गरेका जनाएको छ ।
चन्द्रागिरी हिल्सलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता रु.९६.६९ देखि रु.२९०.०७ रेन्ज तोकेको छ। आइतबार प्रिओपन सेसनमा यदि यो रेन्जभित्र चन्द्रगिरीको सेयर किनबेच भयो भने नियमित समयमा कारोबार खुला हुनेछ।
चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो। यो आईपीओको बाँडफाँड गत माघ ९ गते भइसकेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19