काठमाण्डौ । एनएमबि बैंकले भ्यालेन्टाइन्स सप्ताहको अवसरमा आफ्नो भिजा कार्डहरु प्रयोग गरी विभिन्न स्टोर्स र ब्रान्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुका साथै छुटको अफर ल्याएको छ। 

यसका लागि बैंकले विभिन्न रेस्टुराँ र केक सपमा कुनै सामान खरिद गर्दा १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ। बैंकले विभिन्न अवसरमा यस्ता आकर्षक अफरहरु आफ्नो ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। छुटसम्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाइटको ‘एनएमबि भिजा कार्ड डिस्काउन्ट’ सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ। 

एनएमबि बैंकले हाल देशभरि १८० शाखा, १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेका छ।