काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, वित्तीय तथा बीमा समिति विस्तार भएको छ। समितिका सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोधकुमार गुप्ता चयन भएका छन्।
समितिका सदस्यहरूमा शिखर इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवाष झुनझुनवाला, महासंघको कार्यकारिणी समितिका पूर्वसदस्यहरू सुनीलनारायण श्रेष्ठ, रामकृष्ण प्रसाई र व्यवसायी प्रकाश तिवारी छन्।
त्यसैगरी समितिको आमन्त्रितहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू विजयसिंह वैध, सन्दीपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिकाप्रसाद पौडेल तथा सल्लाहकारमा महासंघको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण रहेका छन्।
समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक, वित्तीय तथा बीमा समिति महासंघको अत्यन्त महत्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझाव सन्तुलित र गहन हुनुपर्ने बताए। ‘बैंक तथा वित्तीय निकायहरू बलिया र सक्षम भएमात्र मुलुकभित्र उद्योगव्यवसाय फस्टाउने कुरा निर्विवाद छ, हामीले हाम्रा सुझाव तयार गर्दा दुवै पक्षलाई लाभ हुने किसिमले बनाउनुपर्छ’, उनले भने।
अध्यक्ष गोल्छाले महासंघले छिट्टै नै बैकिङ, कर राजस्व, श्रमलगायतका समस्यालाई सम्बोधन गर्न महासंघभित्र दीर्घकालिन प्रकृतिको सदस्य सेवा इकाइ स्थापना गर्ने तयारीमा रहेको जानकारी गराए। ‘इकाइ साधनस्रोत सम्पन्न हुने र समस्याहरूलाई सोही इकाइमार्फत नै समाधान गरी उद्यमीव्यवसायीलाई राहत दिने हाम्रो लक्ष्य छ’, उनले भने, ‘यसमा हामी छिट्टै “मुभ” हुन्छौं।’
अध्यक्ष गोल्छाले नेपालमा विमा व्यवसाय तुलानात्मकरूपमा महंगो भएकाले यसलाई प्रतिस्पर्धी बनाउनुपर्ने पनि बताए। बीमा व्यवसाय हेर्ने नियामक निकायसँग बसेर यस विषयमा छलफल आवश्यक रहेको पनि उनको जोड थियो। समितिले आफ्ना कार्यहरू गर्दा यी सबै इस्यूमा विशेष ध्यान दिनुपर्ने सुझाव उनको थियो।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले यदाकदा उद्योग व्यवसाय र बैंकिङ क्षेत्रबीच तनावको अवस्थ समेत आउने गरेका विगतका यथार्थता आफूहरुसबैका सामुन्ने रहेकाले समितिले अत्यन्त सोचबिचार र अध्ययन गरी सुझाव तयार गर्नुपर्ने र समितिले दिने सुझावबाट मुलुकभित्र वित्तिय र उद्योग व्यसाय दुवै क्षेत्र फस्टाउने वातावरण बन्नुपर्नेमा जोड दिए। महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघईले समितिलाई शुभकामना दिँदैसमितिले तयार गर्ने सुझावहरू सानाठूला सबै प्रकारका उद्योग व्यवसायलाई समेत अध्ययन गरी दिनसके त्यो बढी फलदायी हुने धारणा राखे।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago