काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज मंगलबारबाट काठमाण्डौको टोखा‐६ स्थित ग्रान्डी हस्पिटलनजिकै शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
उक्त शाखाको उद्घाटन ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका थिए। उद्घाटन समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकका रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना दिए।
त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बंैकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९० वटा एटीएम सञ्चालनमा रहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago