काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले आफ्ना क्रेडिट कार्डबाहक ग्राहकलाई ‘भ्यालेन्टाइन्स डे’ का अवसरमा गरगहना खरिदका लागि ईएमआई सुविधा ल्याएको छ।
सामान्यतया भ्यालेन्टाइन्स डेमा आफूलाई मन पराउने मायालुलाई उपहारस्वरुप विभिन्न गरगहना दिने चलन चल्दै आइरहेको छ। यसै अवसरलाई मध्यनजर गर्दै बैंकले श्री बालाजी डाइमन्ड, बिशाल बजार र बालाजी डाइमन्ड एन्ड ज्वैलर्स, लबिम मलसंगको सहकार्यमा ग्राहकलाई गरगहना खरिदका लागि ईएमआई सुबिधा ल्याएको छ। यो ईएमआई सुविधामा ग्राहकले रु. ४० हजारदेखि रु. ५ लाखसम्मको गरगहना खरिद गर्न सक्नेछन्।
यसका साथै यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहकले १२ महिनासम्मको भुक्तानी अवधि छनोट गर्न सक्नुहुनेछ र १२ महिनाको भुक्तानी अवधिमा ग्राहकलाई २ महिनाको किस्ता छुट हुने बैंकले जनाएको छ।
बैंकले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago