काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले केही सूचीकृत कम्पनीका समूह विभाजनमा हेरफेर तथा नयाँ समूहको व्यवस्था गरेको छ।
नेप्सेले फागुन १६ गतेदेखि लागू हुने गरी यसअघि सूचीकृत कम्पनीहरुलाई ११ समूहमा विभाजन गरी समूहगत परिसूचक गणना गरिँदै आएकोमा अबोप्रान्त लगानी समूह थप गरी १२ वटा समूहका समूहगत परिसूचक कायम गरेको हो।
नेप्सेले गरेको नयाँ व्यवस्था अनुसार साविकको अन्य समूहमा रहेका ८ वटा कम्पनीमध्येबाट ४ वटा कम्पनीलाई लगानी समूह राखी नयाँ समूह बनाइएको जनाएको छ। जसअन्तर्गत सीआईटी, एचआईटीसीएल, निफ्रा र एनआरएन रहेका छन्।
नेप्सेले साविकको होटेल्स समूहको नाम परिवर्तन गरी होटेल्स तथा पर्यटन समूह बनाइएको जानकारी दिएको छ भने यसअघि अन्य समूहमा समावेश गरिएको चन्द्रागिरी हिल्सलाई होटेल्स तथा पर्यटन समूहमा समावेश गरिएको नेप्सेले जनाएको छ।
नयाँ व्यवस्थाबाट समूह विभाजन र परिसूचक गणनामा थप स्पष्टतालाई बजारसम्बन्धी विश्लेषण गर्न सहज हुने नेप्सेको विश्वास छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19