काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिम न्यूनीकरण गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) लाई ८ बुँदे सुझाव दिएको छ।
छिमेकी मुलुक भारत तथा अन्य युरोपेली देशहरुमा कोभिड–१९ को संक्रमण वृद्धि भएसँगै त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै मन्त्रालयले सीसीएमसीलाई बिहीबार ८ बुँदे सुझाव दिएको हो। सीसीएमसीले विशेषगरी तराईका जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने सुझाव मन्त्रालयले दिएको छ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउन पनि मन्त्रालयले सुझाव दिएको छ।
कोभिड–१९ को संक्रमण बढ्ने सम्भावना भएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी योजना बनाउन र हाल सञ्चालनमा रहेका सीमानाकालाई कोभिड–१९ को संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र संक्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्नुपर्नेलगायत सुझाव दिएको छ।
स्वास्थ्य मन्त्रालयको सुझाव यस्ता छन् –
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago