काठमाण्डौ । कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज निधन भएको छ । 

नेता जोशीको राति ८ बजेर २४ मिनेटमा निधन भएको नर्भिक इन्टरनेशनल अस्पतालले जनाएको छ । 

फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि नर्भिक अस्पतालमा उनी भर्ना भएका थिए । सुरुवातदेखि नै भेन्टिलेटरका सपोर्टमा राखेर उपचार जारी राखिएको थियो । 

उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । 

नेता जोशीको शव भोलि पार्टी कार्यालयमा राखेर श्रद्धाञ्जली दिने कार्यक्रम राखिएको छ ।