काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टाको अवधिमा कुल ४ हजार २१३ जनाको पीसीआर परीक्षण गर्दा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ।

यो अवधिमा काठमाण्डौ उपत्यकाका तीन जिल्लामात्र मात्रै थप ८६ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौमा ७३ जना, ललितपुरमा ८ जना र भक्तपुरमा ५ जना छन्। 

पछिल्लो २४ घन्टाको अवधिमा थप ६५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ। 
हाल १ हजार ५७९ संक्रमित आइसोलेसनमा छन् भने ६३ जना क्यारेन्टिनमा छन्। 

पछिल्लो २४ घन्टाको अवधिमा थप १ जनाको मृत्यु भएको छ। मृतकको कुल संख्या ३ हजार ३१ पुगेको छ।