काठमाण्डौ । अमेरिकाले ‘कोरोना पासपोर्ट’ प्रणाली अनिवार्य गर्ने प्रस्ताव खारेज गरेको छ।
ह्वाइटहाउसले कोही पनि अमेरिकी नागरिकलाई कोरोना खोप लिएको प्रमाण देखाउन दबाब नदिने उद्देश्यले कोरोना पासपोर्ट प्रणाली अनिवार्य गर्ने प्रस्ताव खारेज गरेको हो। आमनागरिकको अधिकार र उसको व्यक्तिगत गोपनीयताको सुरक्षाका लागि यो प्रणाली खारेज गरिएको ह्वाइट हाउसले जनाएको छ।
विश्वभर कोरोना पासपोर्टका विषयमा निकै बहस चलिरहेको छ। कतिपयले यो प्रणाली लागू भएमा कोरोना खोप लगाएको वा नलगाएको सजिलै पुष्टि हुने र कोरोना महामारीविरुद्ध लड्न सजिलो हुने तर्क गरेका छन्। कतिपयले यो प्रणालीले आममानिसहरुबीच भेदभाव हुने धारणा राखेका छन्।
ह्वाइटहाउसका प्रेस सचिवले अमेरिकाले यो प्रणालीलाई खारेज गर्नुको मुख्य कारण आफ्ना नागरिकलाई कोरोना खोप प्रमाण पेस गर्नैपर्ने दबाबबाट मुक्त राख्नु नै रहेको प्रस्ट पारेका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19