काठमाण्डौ । कोरोना जोखिमलाई ध्यानमा राख्दै न्युजिल्यान्डले भारतीय यात्रीलाई प्रवेशमा अस्थायी रोक लगाएको छ।
न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले भारतमा तीव्रगतिमा कोरोना संक्रमण फैलिइरहेको स्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय लिएकी हुन्। हालै न्युजिल्यान्डमा २३ जनामा कोरोना पुष्टि भएको थियो। तीमध्ये १७ जना भारतीय थिए।
समाचार एजेन्सीहरुका अनुसार प्रधानमन्त्री अर्डर्नले भारतबाट फर्किने आफ्ना नागरिकलाई पनि हाललाई प्रवेशमा रोक लगाएकी छन्। अर्डर्नका अनुसार यो प्रतिबन्ध अप्रिल ११ बाट अप्रिल २८ सम्म लागू हुनेछ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago