काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्र रहेको कुनै पनि विद्यालयमा यदि कोरोना संक्रमण देखिएको कम्तीमा एक सातासम्म बन्द गर्न दिइने भएको छ।
काठमाण्डौ महानगरपालिकाका प्रमुखस्तरबाट हिजो बिहीबार यस्तो निर्णय गरिएको छ। कोरोना संक्रमण बढ्दो क्रममा रहेकोले कुनै पनि विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारमिा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक साता बन्द गर्न दिइने महानगरपालिकाले निर्णय गरेको छ। विद्यालय बन्द गरी अन्य वैकल्पिक माध्यमबाट पठनपाठन गराइनुपर्ने वा त्यस्तो अवस्था नभएमा विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुनपानीले राम्ररी हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने निर्णय पनि महानगरपालिकाले गरेको छ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएका मापदण्डहरुको कडाइका साथ पालना गरी अभिभावकहरुसमेतको सहमतिमा विद्यालय सञ्चालन गर्न गराउन पनि महानगरपालिकाले आग्रह गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago