काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५ हजार ५३७ जनाको पीसीआर परीक्षण गर्दा ८३६ जनामा र ६२१ जना एन्टीजिन परीक्षण गर्दा ६४ जनामा गरी कुल ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा मात्रै ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाण्डौका मात्रै २८६, ललितपुरका ४३ र भक्तपुरका १९ जना छन्।

यो अवधिमा २०८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ४ जनाको ज्यान गएको छ। कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ३ हजार ७० पुगेको छ।