काठमाण्डौ । सरकारले सार्जवनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। 

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ मा यस्तो रोक लगाएको छ। आदेशमा सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ।

यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन्। त्यस्तै विवाह, व्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने भएको छ।

बैठकले सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्न निर्देशन दिइसकेको छ। योसँगै विद्यालयहरुले अब अनलाइनलगायत अन्य वैकल्पिक माध्यमबाट पठनपाठन गर्नुपर्ने भएको छ।