काठमाण्डौ । माछापुच्छ्रे बैंकको सम्पूर्ण बैंकिङ कारोबार आउँदो वैशाख १६ गते बिहीबारसाँझ ६ बजेदेखि वैशाख १९ गते आइतबार बिहान ६ बजेसम्म बन्द हुने भएको छ।
बैंकको कोर बैंकिङ सिस्टम (सीबीएस) प्रतिस्थापन गर्नुपर्ने भएकोले ती दिनहरुमा बैंकको इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम कार्ड (क्रेडिट र प्रिपेड कार्डबाहेक), रेमिट्यान्सलगायत सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द हुने बैंकले जनाएको छ।
यसका साथै ग्राहकले हाल कायम रहेको खाता नम्बरबाटै साबिकबमोजिम कारोबार गर्न सकिने नि बैंकले जानकारी गराएको छ।
बैंकिङ कारोबारहरु बन्द रहने मितिमा आइपर्नसक्ने अत्यावश्यक कारोबारहरुका लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम रुपमा सम्पर्क गर्न पनि बैंकले आग्रह गरेको छ। यसबाट र्न जाने असुविधाप्रति बैंकले क्षमा मागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19