काठमाण्डौ । कोरोना संक्रमित भई नर्भिक इन्टरनेसनल हस्पिटलमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको छ। 

पूर्वराजा–रानी गत वैशाख ११ गते दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना भएका थिए। कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने उद्देश्यले पूर्वराजा–रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको हो। 

पूर्वराजा–रानीसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन। 

हाल तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। तीनैजनामा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।