काठमाण्डौ । पृथ्वीसुब्बा गुरुङले आइतबार गण्डकी प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।
गुरुङमाथि प्रदेशसभामा गत वैशाख २ गते अविश्वास प्रस्ताव पेस भएको थियो। सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला गुरुङले अकस्मात राजीनामा दिएका हुन्। गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाएका छन्।
यसअघि अविश्वास प्रस्तावमा १५ वैशाखमा मतदान हुने कार्यसूची थियो। तर संसद चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएकाले बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। त्यसपछि दलहरुबीच असन्तुष्टि बढेपछि प्रदेशसभा बस्न सकेको थिएन।
यही बीचमा वैशाख २३ मा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बिहान ११ बजे बैठक बस्ने निर्णय गरेको थियो।
यसैबीच प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङको राजीनामा स्वीकृत गरेकी छन्।
प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई नै दिएकी छन्। यस्तै उनले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19