काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको कोरोना संक्रमणबाट निधन भएको छ।
कोरोना संक्रमित ४७ वर्षीय जलानको काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो। पारिवारिक स्रोतका अनुसार करिब १५ दिनअघि अस्पताल भर्ना भएका जलनको भेन्टेलेटरमा राखेर उपचार भइरहेको थियो।
जलान वर्ल्डलिंकका सहसंस्थापक पनि हुन् । उनी इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का कार्यकारी सदस्यसमेत थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19