काठमाण्डौ । नेपालमा कोरोना संक्रमण सुरु भएदेखि यता २४ घण्टाको अवधिमा सबैभन्दा धेरै निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरबाट ७ हजार ९८९ संक्रमित निको भएर घर फर्किएका हुन् ।
यो अवधिमा पीसीआर विधिबाट ८ हजार ६४ जना र एन्टीजेनबाट १०९ गरी कुल ८ हजार १७३ संक्रमित थपिएका छन् ।
यो अवधिमा काठमाण्डौ उपत्यकामा २ हजार ४८६ संक्रमित थपिएका छन् । उपत्यकामा काठमाण्डौ जिल्लामा १९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ संक्रमित थपिएका हुन् ।
यो २४ घण्टाको अवधिमा कोरोना संक्रमण भई उपचार गराइरहेकामध्ये थप २४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago