काठमाण्डौ । नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरी चाबहिलस्थित केएल टावरमा शुक्रबारदेखि कार्निभल इभेन्ट संचालनमा आउने भएको छ । 

मलले चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित एकमहिनासम्म कार्निभल संचालनमा ल्याएको हो । सो अवधिमा  ग्राहकहरुले ५० प्रतिशतसम्मको छुटमा सपिङ गर्नसक्ने बताइएको छ । 

मलमा लत्ताकपडा, जुत्ताचप्पल, घडी, ब्याग, कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइने तथा विभिन्न आर्कषक उपहार समेत जित्न सकिने कानिर्भलका आयोजकले जानकारी दिए । कार्निभल अवधिभर केएल टावरमा विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुनेछन् । एकमहिनाको अवधिसम्म चल्ने कार्निभलमा विभिन्न सांगीतिक कार्यक्रम, फेशन सो, गेम सो, फ्रि नेल आर्ट तथा निःशुल्क फेस पेण्टिङलगायतका कार्यक्रम निरन्तर संचालन हुने कार्यक्रम संयोजक हिरामणि तिमल्सिनाले जानकारी दिए । 

सो टावरमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, मल्टिप्लेक्स, फूड कोर्ट र बलिङ एण्ड गेम जोनसमेत संचालनमा रहेका छन् । साढे दशतले टावरमा ५० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमाा छन् ।

श्रावण २८ गतेबाट संचालनमा आउने सपिङ कार्निभल आगामी भदौ २५ गतेसम्म चल्ने बताइएको छ ।