काठमाण्डौ । विश्वमै कोरोना खोप लगाउने पहिलो पुरुष तथा दोस्रो व्यक्ति विलियम सेक्सपियरको निधन भएको छ।
विलियम सेक्सपियर उर्फ बिल सेक्सपियरको मंगलबार ८१ वर्षको उमेरमा निधन भएको हो। उनको मृत्यु अन्य रोगका कारण भएको परिवारजनले बताएका छन्।
सेक्सपियरले सन् २०२० डिसेम्बरमा बेलायतको कोभेन्ट्री अस्पतालमा कोरोनाको खोप (फाइजर) को पहिलो डोज लगाएका थिए। उनी खोप लगाउने पहिलो पुरुष हुन्। सोही अस्पतालमा सेक्सपियरअघि ९० वर्षीया माग्रेरेट किननले खोप लगाएकी थिइन्। किनन भने कोरोना खोप लगाउने पहिलो व्यक्ति हुन्।
सेक्सपियरको नजिकका आफन्तहरुले सबैलाई कोरोना खोप लगाएमा त्यो नै सेक्सपियरप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका छन्। उनी लगातार ३ दशकदेखि समाजसेवामा आबद्ध थिए।
विश्वमा सन् २०१९ को अन्त्यतिर कोरोना महामारी भित्रिएको थियो। यसको ठिक एक वर्षको कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध भएको थियो। सबैभन्दा पहिले फाइजरको भ्याक्सिन लगाउन सुरु गरिएको थियो।
सेक्सपियरले पनि खोप लगाएपछि विश्वभरका मानिसलाई कोरोनाविरुद्ध खोप लगाउन अपिल गरेका थिए। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19