काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले एनएमबि बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनः पुष्टि गरेको छ।

(इक्रा–आईआर) ए रेटिङ प्राप्त गर्ने निकाय तथा (इक्रा–आईआर) एलए रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकाय तथा उपकरणहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्रा नेपालले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, उसले भनेको छ। 

ऋणपत्रको रेटिङले कम्पनीको कुनै धितोपत्र खरिद, बिक्री तथा स्वामित्वमा राख्न सिफारिस गरेको नजनाउनले पनि इक्रा नेपालले जनाएको छ। ‘यसका साथै यो कुनै मूल्य निर्धारण वा सूचीकृत मूल्यबारेको टिप्पणी पनि होइन’, इक्राले भनेको छ। 

रेटिङ वर्ग एए देखि सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले संबन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ ए प्लसको स्थिति ए भन्दा एक चिह्न माथि रहन्छ जब कि ए माइनसको स्थिति ए भन्दा एक चिह्न तल रहन्छ।