काठमाण्डौ । सन् २००८ मा स्थापित एईसीसीे ग्लोबलले अष्ट्रेलियन एजुकेशन डे मे २०१७ आयोजना गरेको छ । 

कार्यक्रम अन्तर्गत मे ९ तारिकको कार्यक्रम मंगलबार विहान ११ देखि बेलुकी ५ः३० बजेसम्म काठमाडौंको सनराइज बिज पार्क, कमल पोखरी मार्ग, चारखाल, डिल्लीबजार–३३ मा सम्पन्न गरिएकोे एईसीसी ग्लोबलले जानकारी दिएको छ । 

त्यसैगरी, पोखरा ट्रेड मल लेभल ३, चिप्लेढुंगामा मे १० मा विहान ११ बजेदेखि बेलुकी ३ बजेसम्म र मे ११ मा चितवन भरतपुर–१०, बालमन्दिर चोक, एयरपोर्ट रोडमा विहान ११ देखि बेलुकी ३ः३० सम्म आयोजना हुने बताइएको छ ।

कार्यक्रम मार्फत अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीले छात्रबृत्ति, भर्ना, भिसा तथा आवेदन सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्ने संस्थाले जानकारी दिएको छ । कार्यक्रममा अष्ट्रेलियामा एमबीए, बिजनेश प्रोग्राम, विज्ञान तथा ईञ्जिनियरिङ, कम्प्युटिङ, आईटी, टेलिकम्यूनिकेशन, मेडिसिन र नर्सिङ, अध्ययन लगायत अन्य विविध विषयका बारेमा समेत समग्र जानकारी लिन सकिने जानकारी दिइएको छ । संस्थाका अनुसार ईच्छुक सहभागीले आफ्नो ईच्छा अनुसार पोष्ट ग्राजुएट र अन्डर ग्राजुएट लेभल मध्य आफ्नो अध्ययन क्षेत्र रोज्न सक्नेछन् ।

कार्यक्रममा सहभागी विद्यार्थीले अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनीधिसँग प्रत्यक्ष भेटघाट गरी आवश्यक जानकारी लिएका छन् । 

कार्यक्रम मार्फत विद्यार्थीले आवेदन शुल्क अधित्याग तथा शुल्क रहित प्रोशेसिङ सुविधा, विश्वविद्यालयका प्रतिनीधि सँग प्रत्यक्ष परामर्श लागायत सुविधा प्राप्त गरेका छन् । कार्यक्रम मार्फत योग्य विद्यार्थीका लागि छात्रबृत्तिको समेत ब्यवस्था गरिएको जानकारी दिइएको छ  । 

कार्यक्रममा सहभागीका लागि आईएलटीएस/पीटीई/टोफेल अध्ययनका लागि विशेष प्याकेजको ब्यवस्था समेत गरिएको संस्थाले जानकारी दिएको छ । सहभागीले अष्ट्रेलियामा अध्ययन पश्चात चार बर्षका लागि कार्य अधिकार (वर्क राइट) पनि प्राप्त गर्न सक्ने विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।