काठमाण्डौं । आगामी आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गरिएको छ। 

सिंहदरबारमा आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले १२ अर्ब बजेट विनियोजन गरिएको सार्वजनिक गरेका हुन्। 

चालु आर्थिक वर्षका लागि यो कार्यक्रमअन्तर्गत ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यसमध्ये १० अर्ब ३४ करोड ज्यालामा खर्च गर्ने लक्ष्य राखेको थियो। तर हालसम्म लक्ष्य प्राप्त हुन सकेको छैन। 

यसैगरी शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।