काठमाण्डौ । नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स् तथा होम एप्लाएन्सेस्का एकमात्र आधिकारिक बिक्रेता स्मार्ट एप्लाएन्सेस् प्रा. लि.ले नेपालमा दुई नयाँ प्रोडक्टहरु थप्दै आफ्नो स्काई वर्थ प्रोडक्टहरुका विशाल रेन्जलाई झनै विस्तारित बनाएको छ । 

ती दुई नयाँप्रोडक्टहरु स्काईवर्थ ड्रम टाइप भ्याकुम क्लिनर तथा टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिन रहेका छन् ।

हाईइफिसिएन्सी ड्रम भ्याकुम
नयाँ ड्रम टाइप भ्याकुम क्लिनरमा २१ लिटरको डस्ट स्टोरेज क्षमताका साथै डस्ट लेभल इन्डिकेटर तथा उपयोगी एयर ब्लोइङ्ग क्षमता पनि उपलब्ध छ । साथै उच्च कार्य क्षमता भएको मोटरका साथ शक्तिशाली सक्शन् पनि यसले प्रदान गरेको छ । उक्त मेशिन १८०० वाट र २००० वाटको क्षमतामा क्रमशः रु. ९,३९० तथा रु. १०,२०० को मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिन
इन्भर्टर टेक्नोलोजी सहितको नयाँ टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिनको मोटरमा १० वर्षको वारेन्टीका साथ बजारमा उपलब्ध छ । १३५ देखि २८० भोल्टको न्यूनतम भोल्टेजमा चल्ने यस मेशिनको क्षमता ९ केजी रहेको छ भने यसको मूल्य रु. ५६,३०० तोकिएको छ ।