काठमाण्डौ । वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ। 

सरकारमा सहभागी हुन लागेको जसपा ठाकुर पक्षका महतोले उपप्रधानसँगै सहरी विकास मन्त्रालय पाउने निश्चित भएको स्रोत बताउँछ।

स्रोतका अनुसार जसपा ठाकुर पक्षका शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया पनि मन्त्री बन्ने भएका छन्। भण्डारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् भने झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्ने छन्। 

यसैगरी श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय, चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी दिइने स्रोत बताउँछ। 

मन्त्रीहरुको सपथ आजै साँझ ६ बजे राखिएको बताइएको छ।