काठमाण्डौ । आजबाट काठमाण्डौ जिल्लाका विभिन्न खोप केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयद्वारा सूचनाअनुसार गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि असार २४ गतेसम्म दोस्रो डोज लगाउन पाउने छन्। यसका लागि काठमाण्डौ महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका र शंखरापुर नगरपालिकाका विभिन्न स्थानका खोप केन्द्रबाट खोप दिइनेछ।
काठमाण्डौ महानगरका १३ अस्पताल र स्वास्थ्य केन्द्रबाट खोप दिइनेछ भने अन्यत्र पनि स्वास्थ्य केन्द्रबाट खोप दिइने भएको छ। आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाउन जानुपर्नेछ। यसका लागि पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर जान आग्रह गरिएको छ।

2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19