काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार बजारमा झिनो गिरावट आएको छ।
आज बजार ५.२४ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २८१८.११ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि सेन्सेटिभ इडेक्स पनि १.९७ अंकले घटेर ५२६.७५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा ४ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकाल असार महिनामा बजार घट्नुलाई सामान्य रुप लिनुपर्ने बताउँछन्। आम्दानीका अन्य क्षेत्र शिथिल रहेको अवस्था सेयर बजारबाटै कमाएको पैसाले यो बेला बैंकको ब्याज तिर्नुपर्ने, कर्मचारीलाई तलब खुवाउनुपर्नेलगायतका कारण ठूला र संस्थागत लगानीकर्ताले सेयर बिक्री गर्दा र साना तथा नयाँ लगानीकर्ता घट्दो बजारमा घटेर सेयर नबेच्दा कारोबार रकम घटेको उनले जानकारी दिए। ‘असार महिना बजार सामान्य घट्दा डराइहाल्नुपर्ने अवस्था हुँदैन’, उनले भने, ‘केही दिन बजार अझै यस्तै रहन्छ, त्यसपछि बजार पुनः लयमा फर्किन्छ।’
समृद्ध नेपाल लगानी समूहका अध्यक्ष पर्वत बिष्ट मौद्रिक नीति आएपछि र सूचीकृत कम्पनीहरुका चौथो त्रैमास रिपोर्ट आउन थालेपछि बजार लयमा फर्किने बताउँछन्। ‘मौद्रिक नीति सकारात्मक नै आउनेमा लगानीकर्ताहरु ढुक्क छन्, त्यही भएर अहिले उनीहरु पर्ख र हेरको अवस्थामा छन्’, उनले भने, ‘अर्कोतर्फ सूचीकृत कम्पनीहरुका चौथो त्रैमास रिपोर्ट पनि राम्रै आउने अपेक्षा छ। यी कारणले गर्दा बजार पुनः लयमा फर्किने देखिन्छ।’
अहिले लघुवित्तमा २५ प्रतिशत करेक्सन आइसकेकोले अब लघुवित्त बढ्ने सम्भावना रहेको बिष्टको भनाइ छ। ‘बैंकहरु पनि विस्तारै बढ्दै जानेछ’, उनले भने, ‘त्यसैले बजारले पनि गति लिन्छ।’
सेयर बेचेर बसे अल्पकालीनदेखि ठूला र संस्थागत लगानी पुनः बजारमा फर्किएपछि निश्चित रुपमा बजार बढ्ने बिष्ट बताउँछन्। ‘उनीहरुले मौद्रिक नीतिको प्रतीक्षामा बसेको पनि देखिन्छ’, उनले भने।
बजार विस्तारै बढ्ने र ७–८ अर्ब रुपैयाँको कारोबार छिटै हुने बिष्टको भनाइ छ। ‘अब सेयर बजारमा पहिलेजस्तो ठूलो पहिरो खस्दैन’, उनले भने।
लगानीका अन्य क्षेत्र नहुँदा
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १.२० प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १.०२ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.१९ प्रतिशत, जीवन बीमा समूहमा ०.०५ प्रतिशत र लघुवित्त समूहमा ०.०३ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन लगानी समूह सर्वाधिक २.२ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह १.७३ प्रतिशतले घटेको आज विकास बैंकमा समूह ०.०२ प्रतिशत, वित्त समूहमा ०.०५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१० प्रतिशत, अन्य समूहमा ०.४९ प्रतिशत र व्यापार समूहमा १.०२ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका १ करोड १ लाख ३५ हजार २०९ कित्ता सेयर ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५.०९ रुपैयाँमा किनबेच भएको छ।
यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ३५ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्लो तामाकोशीको २० करोड ५२ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बैंकको १३ करोड ६५ लाख रुपैयाँ, निफ्राको १२ करोड ३७ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १० करोड ७५ लाख रुपैयाँ, एचआईडीसीएलको १० करोड २४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १० करोड २० लाख रुपैयाँ, शिवम सिमेन्टको ९ करोड ९६ लाख रुपैयाँ, नबिल बैंकको ८ करोड ९२ लाख रुपैयाँ र मेगा बैंकको ८ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज राष्ट्रिय बीमा कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन एचआईडीसीएलका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago